Powered by Blogger.

Monday, July 26, 2010

प्रेममा उमेर बाधक हुँदैन


यौन विशेषज्ञ तथा मनोचिकिन्त्सकहरूका अनुसार मेनोपज शारीरिक अवस्थाभन्दा व्यक्तिको मानसिक सोचमा निर्भर गर्छ। ४० को उमेर पार गर्ने बित्तिकै यदि व्यक्तिले स्वयंलाई बूढो मान्छ भने त्यसको प्रभाव उसको दिनचर्यामा पनि पर्छ। श्रीमान्-श्रीमतीले एक-अर्काको भावनाको ख्याल गरेर यदि शारीरिक सम्बन्ध स्थापित गर्छन् भने ५० को आयुपश्चात् पनि लामो समयसम्म यौनजीवनको आनन्द लिन सकिन्छ।
अधिकांश विवाहित महिला सन्तान ठूला भएपछि श्रीमान्सँगको सम्बन्धलाई त्यति महत्त्व दिँदैनन् । यौनका लागि अब उमेर सीमा नाघिसकेको धारणा तिनको हुन्छ । श्रीमान्द्वारा पहल गरिए पनि उनीहरू या त बहाना बनाउँछन् या अब व्यक्तिगत सुखको साटो घर गृहस्थीको दायित्वलाई पूर्ति गर्ने र सन्तानको करियरमा ध्यान दिनु बढी आवश्यक छ भन्ने मान्छन् । यस्तो सोचले श्रीमान्-श्रीमतीको सम्बन्धमा दूरी बढाउँछ र तनाव एवं मानसिक अशान्तिसँगै कैयन् अवस्थामा स्थिति भयावहसमेत बन्न पुग्छ । यसबाट जोगिन कुनै पनि प्रकारको नकारात्मक सोचले जन्म लिने वातावरण सिर्जना गर्नुहुँदैन । दाम्पत्य जीवनको सुमधुरता एवं स्थायित्वको आधार यौनजीवन पनि भएको कुरा बिर्सनुहुँदैन । शारीरिक सम्बन्धप्रतिको थोरै पनि उदासिनताले दाम्पत्य सम्बन्ध नीरस एवं कमजोर हुने सम्भावना रहन्छ ।read more

Sunday, July 18, 2010

हमालको उद्घाटन दौडाहा

पछिल्लो समय सामाजिक कार्यमा रुचि राख्ने अभिनेताका रुपमा परिचित छन् राजेश हमाल । यतिबेला उनका दिनहरु यति साँघुरिएका छन् कि सामाजिक काम र सुटिङका लागि समय व्यवस्थापन गर्न हम्मे-हम्मे परेको छ ।
पछिल्लो साता राजेश यति व्यस्त छन् कि दिनको एकपटक उनी उद्घाटन र विमोचनमा व्यस्त हुन्छन् । जस्तै : असार मसान्तमा पर्यटन बोर्डमा आयोजित पुस्तक विमोचनमा उनी सहभागी भए । साउन १ गते कोटेश्वर सहयोगीनगरस्थित हरियाली किचेन रेष्टुरेन्टको उद्घाटन पनि गरे ।
साउने सक्रान्तिमै उनी चावहिलस्थित चारुमती स्तुपाका अनाथ बालबालिकाहरुलाई कापीकलम वितरण गर्न पुगे । साउन तीन गते मित्रपार्कस्थित टेक्सस कलेजको वार्षिकोत्सवमा प्रमुख अतिथि बन्दैछन् । समाज सेवामा राजेशको सकि्रयताको सूचि लामो हुनसक्छ ।
सहयोगी रोशन ठकुरीका अनुसार राजेश सुटिङबाट फुस्रद निकालेर भएपनि उद्घाटन र समाजसेवाका काममा सरिक हुन्छन् । 'समारोह र कार्यक्रमबाट निम्तो यति आउँछ कि छनौट गरेर मात्र सहभागी हुने गर्नुभएको छ' रोशनले भने 'उहाँलाई सिनेमाजत्तिकै समाजसेवा प्यारो लाग्छ ।'
यतिेबला राजेश चलचित्र बजारको सुटिङ सकेर 'ग्यामलर'को सुटिङमा व्यस्त छन् । यो फिल्म सकेपछि 'को कस्को' नामक फिल्ममा राजेश व्यस्त हुँदैछन् । पर्दामा भन्दा बाहिर लोकपि्रयता र पहिचान बटुलेका राजेशले खासगरी आमा रेणुको निधनपछि समाजसेवामा सकि्रयता देखाउ्न थालेका छन् ।

परिचित व्यस्त लोकपि्रय पढेलेखेको भलाद्मी राम्रो परिवारको राम्रँे बोल्नेजस्ता विशेषणका धनी राजेशलाई औपचारिक कार्यक्रममा प्रमुख अतिथि भनेर निम्तो पठाउनेहरु बढिरहेका छन् ।

Thursday, July 8, 2010

प्रदर्शनबारे कडा चेतावनी

चलचित्र संघले आफूसँग दर्ता भएका फिल्मलाई मात्र प्रदर्शन गर्न मातहतका सदस्य प्रदर्शकहरुलाई निर्देशन दिएको छ ।  सिनेमा हलहरुको छाता संगठन समेत रहेको संघले मुलुकभरका आफ्ना ८० सदस्यलाई आफ्ना निर्देशन मान्न आग्रह गरेको हो । दर्ता नगरी प्रदर्शन गरेको पाइए कार्वाही गरिने चेतावनी पनि संघले दिएको छ । 'प्रदर्शन गरिसकेपछि उत्पन्न हुने विवाद रोक्न यस्तो गरेका हौं' निर्णयपछि महासचिव नकिम उद्दिनले भने 'भोलि विवाद आयो भने भागिदार स्वयम हल हुनुपर्छ र संघको कार्वाही पनि भोग्नुपर्छ ।' चलचित्र प्रदर्शन गर्दा वितरकले दर्ता बापतको शुल्क संघमा बुझाउनुपर्ने प्रावधान छ । यद्यपी केही वितरकले प्रावधान उल्लंघन गरेको संघको ठहर छ । 'वितरण अन्तर्गत दर्ता नभएका फिल्महरु प्रदर्शन गरिनु नियम विपरित छ त्यसैलाई रोक्न यो नियम ल्याएका हौं' उद्दिनले भने । संघका प्रदर्शन वितरण र निर्माण सदस्य छन् । निर्माण सदस्यालाई हाल ब्यूँताइएको छैन । वितरण सदस्यका लागि संघले यो बाध्यकारी नियम अघि सारेको हो ।read more..

Sunday, July 4, 2010

rekha thapa did rock climbing

एडभेन्चर दृश्यहरूमा रुचि राख्ने नायिका रेखा थापाले जोमसोममा रक क्लाइम्बिङ गरेर नयाँ रर्ेकर्ड कायम गरेकी छन् । सैनिक तालिमका क्रममा मात्र अभ्यास गरिने चार सय मिटर अग्लो चट्टान आरोहणका लागि रेखाले सेनाको अनुमति लिएकी थिइन् ।
चट्टान चढ्ने लामो समयदेखिको धोको पूरा भएपछि नायिका रेखा प्रफुल्लित देखिन्थिन् । त्यसो त नायिकाले चट्टान चढेको हर्ेर्नेहरूको उपस्थिति पनि निकै बाक्लो थियो ।
‘म निकै खुसी छु र फेरि पनि यही ठाउँमा आएर रक क्लाइम्ब गर्छु,’ चलचित्र च्यालेन्जको क्लाइमेक्स सुटिङका लागि हिमालपारि पुगेकी रेखाले भनिन्, ‘यस्ता जोखिम मोल्नु मेरो सानैदेखिको रुचि हो । यस्ता कार्यलाई निरन्तरता दिन्छु ।’ आरोहणका लागि प्रयोग गरिने विशेष डोरी चढेर उक्लँदा रमाइलो अनुभव भएको पनि सुनाइन् । रेखाले जहाँ बसेर रक क्लाइम्बिङ गरेकी थिइन्, त्यहाँ अमेरिका, भारत, पाकिस्तान, रुसलगायत देशका सैनिकहरूले चट्टान आरोहणको तालिम लिने गर्छन् ।
पहिलो पटक मुस्ताङ आइपुगेकी रेखाले यस भेगको प्राकृतिक सम्पदाको खुलेर प्रशंसा गरिन् । ‘मलाई त यो परिवेश देखेर लोभ लागेर आयो,’ रेखाले भनिन् ।

हेटौडामा कसम हजुरको

लामो समयको प्रेम पछि अन्तत जिवनले रेखाको कसम तोडेका छन । प्रेमको सुरुवातमा सगै मर्ने र सगै जिउने बाचा गरेकी रेखालाई जिवनले बिभिन्न बहाना बनाई कसम तोडेका हुन । आफुले मन देखी मन पराएर जिवनै सुम्पेको ब्यक्तिले यसरी मायाकै कसम तोडेर लत्याए पछि रेखा पागल जस्तै हुन्छीन र आत्महत्या गर्नतिर लाग्छीन तर उनको यो पागलपनलाई लत्याई दिन्छन उनकै अर्का साथी राजले । कुरा हो ओम चलचित्र मन्दिर हेटौडामा प्रर्दशन भैरहेको नेपाली कथानक चलचित्र ‘कसम हजुरको’को कथा । read more

Thursday, July 1, 2010

अध्ययनसँगै मोडलिङ

इन्द्रचोक, काठमाडौंमा जन्मिएकी उमा थापा पद्मकन्या क्याम्पसमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत छिन् । उनको परिचय विद्यार्थीमा मात्र सीमित छैन । उनी विगत छ वर्षदेखि नेपाली मोडलिङ क्षेत्रमा पनि  सक्रिय छिन् । छ वर्षअघि आयोजित रेज फेसन शोमा क्याटवाक गर्दै ग्ल्यामर क्षेत्रमा आएकी उमाले फेसन विक, डिजाइनर कन्टेस्टजस्ता स्तरीय फेसन शोमा पनि क्याटवाक गरिसकेकी छिन् । ५ फिट ५ इन्च  अग्ली उमा र्‍याम्प शोमा मात्र रमाउन सक्छिन् । 'ब्युटिफूल गर्ल नक्कल नपार...' गीतको रिमिक्स भर्सनको म्युजिक भिडियोमा अभिनय गरेदेखि उनलाई दोस्रो भिडियोका काम गर्ने रहर जागेन । एउटा  हाउजिङक कम्पनीमा कार्यरत उमा स्तरीय फेसन शोमा मात्र काम गर्न चाहन्छिन् । आधा दर्जन विज्ञापनमा मोडलिङ गरिसकेकी उमा क्याजुअल वेयरकी पारखी हुन् । 'मास्टर्स गरेपछि अध्यापनको क्षेत्रमा पनि  जान सक्छु,' विगतमा स्कुल टिचरको अनुभव सँगालिसकेकी उमाले भनिन् ।

nepali movies

hindi movies

nepali songs