Powered by Blogger.

Monday, July 26, 2010

प्रेममा उमेर बाधक हुँदैन


यौन विशेषज्ञ तथा मनोचिकिन्त्सकहरूका अनुसार मेनोपज शारीरिक अवस्थाभन्दा व्यक्तिको मानसिक सोचमा निर्भर गर्छ। ४० को उमेर पार गर्ने बित्तिकै यदि व्यक्तिले स्वयंलाई बूढो मान्छ भने त्यसको प्रभाव उसको दिनचर्यामा पनि पर्छ। श्रीमान्-श्रीमतीले एक-अर्काको भावनाको ख्याल गरेर यदि शारीरिक सम्बन्ध स्थापित गर्छन् भने ५० को आयुपश्चात् पनि लामो समयसम्म यौनजीवनको आनन्द लिन सकिन्छ।
अधिकांश विवाहित महिला सन्तान ठूला भएपछि श्रीमान्सँगको सम्बन्धलाई त्यति महत्त्व दिँदैनन् । यौनका लागि अब उमेर सीमा नाघिसकेको धारणा तिनको हुन्छ । श्रीमान्द्वारा पहल गरिए पनि उनीहरू या त बहाना बनाउँछन् या अब व्यक्तिगत सुखको साटो घर गृहस्थीको दायित्वलाई पूर्ति गर्ने र सन्तानको करियरमा ध्यान दिनु बढी आवश्यक छ भन्ने मान्छन् । यस्तो सोचले श्रीमान्-श्रीमतीको सम्बन्धमा दूरी बढाउँछ र तनाव एवं मानसिक अशान्तिसँगै कैयन् अवस्थामा स्थिति भयावहसमेत बन्न पुग्छ । यसबाट जोगिन कुनै पनि प्रकारको नकारात्मक सोचले जन्म लिने वातावरण सिर्जना गर्नुहुँदैन । दाम्पत्य जीवनको सुमधुरता एवं स्थायित्वको आधार यौनजीवन पनि भएको कुरा बिर्सनुहुँदैन । शारीरिक सम्बन्धप्रतिको थोरै पनि उदासिनताले दाम्पत्य सम्बन्ध नीरस एवं कमजोर हुने सम्भावना रहन्छ ।read more

Comments :

0 comments to “प्रेममा उमेर बाधक हुँदैन”


Post a Comment