Powered by Blogger.

Monday, May 31, 2010

अन्तर्वार्ता: लक्ष्मण बस्नेत(निर्माता तथा नायक)

अन्तर्वार्ता: लक्ष्मण बस्नेत(निर्माता तथा नायक)

प्रस्तुति: जिवन पराजुली
वुद्दिजिवि बर्गहरुका लागि यो चलचित्र निर्माण गरेका हौँ ।
जेठ १४ गते शुक्रबार देखि पहिलो नेपाली एड

विशेषगरि नेपाली चलचित्र नहेर्ने दर्शकलाई लक्षित गरिएकोले यसले नेपाली चलचित्र उद्योगमानै ठुलो तथा सकारात्मक प्रभाव पार्छ भन्ने पुर्ण विश्वास छ
�ेन्चर चलचित्र राजधानीका विभिन्न १२ वटा हलहरुमा प्रदर्शन भईरहेको छ । प्रदर्शनको मिती आईनपुग्दै २०६६ मा भएको डि.सिने. अवार्डमा उत्कृष्ट सिनेमाको पदक हात पार्न सफल भईसकेको यो चलचित्रका निर्माता तथा नायक लक्ष्मण बस्नेतसँग हामीले गरेको कुराकानीको संपादित अंश:
१. तपाईँकै शब्दमा यतिको खोजीमाको सन्देश के हो ?।read more

Sunday, May 30, 2010

निखिल र रमितका कारण ‘मन परेपछि’को डबिङ्गमा ढिलाई

जिवन पराजुली, १६,जेठ,२०६७
सञ्चारकर्मि सुमन दाहालले पहिलोपटक निर्दैशन गरेको नेपाली कथानक चलचित्र ‘मन परेपछि’को डबिङ्ग कार्यमा ढिलाई भएको छ । नायिका सञ्चिता लुईँटेलसँग सुटुक्क दोश्रो बिहे गरेर मुम्बइ पुगेका एक्सन नायक निखिल उप्रेति र आफ्नै कामको सिलसिलामा यतिबेला अमेरिका पुगेका नायक रमित ढुंगानाका कारण चलचित्रको डबिगं कार्य नसकिएको हो ।
रमित छिट्टै नेपाल आउने पक्का भईसकेको र निखिलको भने अझै टुंगो नलागेको निर्देशक दाहालले बताए । उनिहरु नेपाल नफर्केसम्म डबिङ्ग कार्य सुचारु हुन नसक्ने भएकोले अन्य सम्पादनका कार्यमा पनि निकै अप्ठ्यारो परेको उनले बताए ।
निर्माता दिपक रमणको निर्माण एवं निर्माता आँफैको संगीत रहेको ‘मन परेपछि’मा प्रेमकथा,एक्सन साथै कमेडि पनि समावेश गरिएको छ । दिनेश डि.सि.को समेत अभिनय रहेको यसै चलचित्र
read more

Saturday, May 29, 2010

कलाकारको डबल बिजनेशको सपना चकनाचुर....

निर्देशकको डबल बिजनेशको सपना चकनाचुर....
जिबन पराजुली, १८,जेठ,२०६७
छिट्टै रिलिजको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘विजयपथ’मा अभिनय गर्ने कलाकारहरु पनि गैरकानुनी तवरबाट संचालन हुँदै आएको ‘युनिटि लाइफ इन्टरनेसनल’ बाट पिडित भएका छन् । निखिल उप्रेति,सञ्चिता लुईँटेल,शुशिल क्षेत्रि लगाएतका करिव २० जना कलाकारहरु युनिटिका सदस्य बनेका थिए । एक समाचार संस्थाका अनुसार ‘विजयपथ’का निर्देशक बसन्त निरौलाले डबल बिजनेश गर्ने भन्दै सोहि चलचित्रसँग आवद्द कलाकारहरुलाई सदस्य बनाएका थिए ।


झन्डै सबै प्रकारका बिजनेशमा हात हालेको युनिटि लाईफ इन्टरनेसनल चलचित्र निर्माणमा पनि अग्रसर भयो । चलचित्र ‘विजयपथ’मा उक्त कम्पनि युनिटिले नै सम्पुर्ण लगानी गरेको छ । युनिटि खारेजीमा परेपछि सेन्सरमा नै नपुगेको यो चलचित्रको प्रदर्शन मिती पनि अनिश्चितता read more

Tuesday, May 25, 2010

पहिले रोक लगाईएको दासढुङगा अब ‘बिशेष चलचित्र’ को सम्मान

पहिले रोक लगाईएको दासढुङगा अब ‘बिशेष चलचित्र’ को सम्मान
नेपालको सेन्सर बोर्डले पहिले प्रदर्शनीमा रोक लगाएको र पछि प्रदर्शन गर्न फुकुवा गरेको नेकपा एमाले का नेता स्वर्गीय मदन भण्डारी र जिवराज आश्रितको रहस्यमय जिप दुर्घटनामा आधारित चलचित्र ‘दास ढुङगा’ लाई नेपाल चलचित्र बिकास बोर्डले ‘बिशेष चलचित्र’

 कोउपाधिप्रदान गरेको छ।
पहिले एमाले नेताद्वय माधव कुमार नेपाल र के.पि. शर्मा वलीको नाम जोडिएको र पेशागत अप्ठ्यारो पर्ने तथा मित्रराष्ट्रहरुको सम्बन्ध साथै अन्य राजनैतिक कारणहरु देखाई प्रदर्शनमा रोक लागेको थियो ।read more

कामदारको शव भेटिएपछि ‘कोहि त छ मेरो’को सुटिंग सुचारु

कामदारको शव भेटिएपछि ‘कोहित छ मेरो’को सुटिंग सुचारु
जिवन पराजुली, ११-जेठ, २०६७ । 
रामजी लामिछानेले निर्देशन गरिरहेको नेपाली कथानक चलचित्र “कोहित छ मेरो”को छायांकन सोमवारबाट पुन: सुचारु भएको छ । चलचित्रमा सहयोगीका रुपमा काम गरिरहेका त्रिशुलिकै एक स्थानिय युवक सुटिंगकै क्रममा गत शनिवार त्रिशुलि नदिमा डुबेर बेपत्ता भएपछि सुटिंग स्थगित भएको थियो । बेपत्ता भएको भोलिपल्ट अर्थात आईतवार ति युवकको शव त्रिशुलि नदिकै किनारमा भेटिएको थियो ।
read more

Monday, May 24, 2010

नायिकाको बाहिरी सुन्दरतामा अड्किएको चलचित्र

नायिकाको बाहिरी सुन्दरतामा अड्किएको चलचित्र
जिवन पराजुली
अहिलेसम्म बनेका जतिपनि नेपाली चलचित्रहरु छन् एकाध बाहेक पुर्णतया प्रेमकथामा आधारित रहेर बनेका छन् । हरेक पक्षमा नायिकाको सुन्दरताको बयान गरिएको हुन्छ, त्यतिमात्र होईन कथानै उनको सुन्दरतामा बाधिँन पुग्छ ।

पछिल्लो समयमात झन्  पहिलेका चलचित्रभन्दा बढि बाहिरि सुन्दरतामा नै अड्किएर करिव साढे दुइ घण्टा समय नेपाली चलचित्रका दर्शकहरुले बिताउनुपर्ने बाध्यता छ । प्रसंग जोडौँ अघिल्लो शुक्रबार बैशाख ३१ गतेदेखि राजधानि बाहिरका हलहरुबाट प्रदर्शनमा आएको चलचित्र ‘भागी-भागी नजाउ’को । माथि भनिएजस्तो यो चलचित्र पनि एउटि केटिको बाहीरी सुन्दरताको विषयमा मात्र कथाबस्तु समेटिएको छ । read more

Sunday, May 23, 2010

मोफसलमा ‘साथी रे’

मोफसलमा ‘साथी रे’
श्रिवास्तव फिल्मस् प्रा.लि.को व्यानरमा बनेको चलचित्र ‘साथि रे’ शुक्रबारदेखि काठमाण्डौ बाहिरका विभिन्न हलहरुबाट प्रदर्शनमा आएको छ । नेपाली र भोजपुरी भाषामा निर्माण भएको ‘साथि रे’ मा भारतिय अभिनेता रविकिशनले अभिनय गरेका छन् भने निखिल उप्रेति, उषा पौडेल, नन्दु श्रीवास्तव
लगाएतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

एउटि केटिको प्रवेशले केटाहरुको मित्रतामा ल्याउने उतारचढाव नै यस चलचित्रको कथाको विषयवस्तु हो । निर्माण पक्षका अनुसार ‘साथी रे’ नेपाली भाषिका लागी पनि बनाईएको छ । विरगन्ज र आसपासका क्षेत्रमा छायांकन गरिएको यो चलचित्र छिट्टै राजधानिका दर्शकले पनि हेर्न पाउनेछन् ।

त्यस्तै शुक्रबार देखि नै चिरन्जिवि बस्नेतले निर्माण गरेको चलचित्र ‘भागि भागि नजाउ’ पनि मोफसलबाट प्रदर्शनमा आएको छ ।

बक्स अफिस सिने अवार्ड हुने

संक्षिप्त समाचार
जेठ ८,२०६७ 

बक्स अफिस साप्तहिक र सिने स्टार मासिकले ‘बक्स अफिस सिने अवार्ड २०६६’ को आयोजना गर्ने भएको छ।यसैबारे जानकारी गराउन काठमाडौमा एक कार्यक्रमको समउदघाटन सुचना तथा सन्चार मन्त्री शंकर पोखरेलले गर्नु भएको थियो।उक्त कार्यक्रममा मन्त्री पोखरेलले यस्ता कार्यक्रमले
कलाकारहरुलाई प्रोत्साहन मिल्ने कुरा पनि बताउनु भएको थियो।
साथै केहि समय अगाडि सम्पन्न चलचित्र र पत्रकार बिचमा समपन्न फुटबल खेलका सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्नुका साथै उठेको रकम आयोजकले द्दन्द्द कलाकार संघ र निर्माता संघलाई आर्थिक सहयोग स्वरुप प्रदान गरेको छन्।

सोभित र रेजिनाको ब्लो अप छापियो, कृष्ण चापागाईंलाई 'हर्ट अटयाक’ !!!

नायिका रेजिना उप्रेती र निर्दशक सोभित बस्नेतको ‘नयाँ पत्रिका’ मा छपिएको ब्लो अप सगै निर्देशक बस्नेत र अर्का निर्देशक कृष्ण चापागाई बिच को कथित ठट्टाको श्रङखला र दुस्मनीमा नयाँ अध्यय थपिएको छ।
ठट्टा भन्दै एक ले अर्कालाई, आफ्नो बारेमा बिभिन्न अफवाह फैलाएको भन्दै आरोप लगाउने यी दुई निर्देशकको बिचको यो अनौठो ठट्टाको पछ्छिलो शृङखलाको रुपमा निर्देशक सोभित बस्नेतले आफ्नो र रेजिना उप्रेतीको ब्लो अप पत्रिका मा हेरेर निर्देशक कृष्ण चापागाईंलाई 'हर्ट अटयाक’ भएको भन्दै आफ्ना मित्रहरुलाई फोन गरेर ठट्टा गरेको बुझिएको छ।तर त्यस कुरालाई साँचो मान्दै चापागाईंकी श्रीमती र साथीहरुले समेतले अत्तालिदै हाल खबर बुझ्न फोन गरे पछि चापागाईं, सोभित बस्नेतले नचाहिने हल्ला चला
र आफ्नो मानमर्दन गरेको र त्यो गर्ने अधिकार सोभितलाई नभएको भन्दै रिसाएका थिए।यसबारे मा निर्देशक बस्नेतसँग बुझ्दा उनले ठट्टा गरेर रमाइलोका लागि साथीभाइहरूसँग भनेको र कुरालाई चापागाईंले गलत अर्थ लगाएको बताए।साथै उनले उनीहरु असल मित्र रहेको र यो ठट्टाको शृङखला लामो समय देखि चल्दै आएको कुरा पनि बताए।

Wednesday, May 19, 2010

टाफन मिडिया हब टेलि अवार्ड २०६७ सम्पन्न


टेलिभिजन कलाकर्मी मञ्च नेपाल (टाफन) र मिडिया हबद्वारा आयोजित 'टाफन-मिडिया हब टेली अवार्ड २०६७' सोल्टी क्राउन प्लाजामा नाचगानसहित सम्पन्न भएको छ।१४ बिधा मध्ये ७ वटामा अवार्ड जितेर ‘तितो सत्य’ ले बर्चस्व कायम गर्न सफल भएको छ।सर्वाधिक लोकप्रिय बिधाको अवार्ड एस एम एस भोटिङबाट प्राप्त मत र अन्य बिधाको पुरुस्कार निर्णायक जुरीको निर्यण गरिएको बुझिएको छ।read more

nepali movies

hindi movies

nepali songs