Powered by Blogger.

Sunday, May 23, 2010

सोभित र रेजिनाको ब्लो अप छापियो, कृष्ण चापागाईंलाई 'हर्ट अटयाक’ !!!

नायिका रेजिना उप्रेती र निर्दशक सोभित बस्नेतको ‘नयाँ पत्रिका’ मा छपिएको ब्लो अप सगै निर्देशक बस्नेत र अर्का निर्देशक कृष्ण चापागाई बिच को कथित ठट्टाको श्रङखला र दुस्मनीमा नयाँ अध्यय थपिएको छ।
ठट्टा भन्दै एक ले अर्कालाई, आफ्नो बारेमा बिभिन्न अफवाह फैलाएको भन्दै आरोप लगाउने यी दुई निर्देशकको बिचको यो अनौठो ठट्टाको पछ्छिलो शृङखलाको रुपमा निर्देशक सोभित बस्नेतले आफ्नो र रेजिना उप्रेतीको ब्लो अप पत्रिका मा हेरेर निर्देशक कृष्ण चापागाईंलाई 'हर्ट अटयाक’ भएको भन्दै आफ्ना मित्रहरुलाई फोन गरेर ठट्टा गरेको बुझिएको छ।तर त्यस कुरालाई साँचो मान्दै चापागाईंकी श्रीमती र साथीहरुले समेतले अत्तालिदै हाल खबर बुझ्न फोन गरे पछि चापागाईं, सोभित बस्नेतले नचाहिने हल्ला चला
र आफ्नो मानमर्दन गरेको र त्यो गर्ने अधिकार सोभितलाई नभएको भन्दै रिसाएका थिए।यसबारे मा निर्देशक बस्नेतसँग बुझ्दा उनले ठट्टा गरेर रमाइलोका लागि साथीभाइहरूसँग भनेको र कुरालाई चापागाईंले गलत अर्थ लगाएको बताए।साथै उनले उनीहरु असल मित्र रहेको र यो ठट्टाको शृङखला लामो समय देखि चल्दै आएको कुरा पनि बताए।

Comments :

0 comments to “सोभित र रेजिनाको ब्लो अप छापियो, कृष्ण चापागाईंलाई 'हर्ट अटयाक’ !!!”


Post a Comment