Powered by Blogger.

Sunday, May 23, 2010

मोफसलमा ‘साथी रे’

मोफसलमा ‘साथी रे’
श्रिवास्तव फिल्मस् प्रा.लि.को व्यानरमा बनेको चलचित्र ‘साथि रे’ शुक्रबारदेखि काठमाण्डौ बाहिरका विभिन्न हलहरुबाट प्रदर्शनमा आएको छ । नेपाली र भोजपुरी भाषामा निर्माण भएको ‘साथि रे’ मा भारतिय अभिनेता रविकिशनले अभिनय गरेका छन् भने निखिल उप्रेति, उषा पौडेल, नन्दु श्रीवास्तव
लगाएतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

एउटि केटिको प्रवेशले केटाहरुको मित्रतामा ल्याउने उतारचढाव नै यस चलचित्रको कथाको विषयवस्तु हो । निर्माण पक्षका अनुसार ‘साथी रे’ नेपाली भाषिका लागी पनि बनाईएको छ । विरगन्ज र आसपासका क्षेत्रमा छायांकन गरिएको यो चलचित्र छिट्टै राजधानिका दर्शकले पनि हेर्न पाउनेछन् ।

त्यस्तै शुक्रबार देखि नै चिरन्जिवि बस्नेतले निर्माण गरेको चलचित्र ‘भागि भागि नजाउ’ पनि मोफसलबाट प्रदर्शनमा आएको छ ।

Comments :

0 comments to “मोफसलमा ‘साथी रे’”


Post a Comment