Powered by Blogger.

Sunday, May 30, 2010

निखिल र रमितका कारण ‘मन परेपछि’को डबिङ्गमा ढिलाई

जिवन पराजुली, १६,जेठ,२०६७
सञ्चारकर्मि सुमन दाहालले पहिलोपटक निर्दैशन गरेको नेपाली कथानक चलचित्र ‘मन परेपछि’को डबिङ्ग कार्यमा ढिलाई भएको छ । नायिका सञ्चिता लुईँटेलसँग सुटुक्क दोश्रो बिहे गरेर मुम्बइ पुगेका एक्सन नायक निखिल उप्रेति र आफ्नै कामको सिलसिलामा यतिबेला अमेरिका पुगेका नायक रमित ढुंगानाका कारण चलचित्रको डबिगं कार्य नसकिएको हो ।
रमित छिट्टै नेपाल आउने पक्का भईसकेको र निखिलको भने अझै टुंगो नलागेको निर्देशक दाहालले बताए । उनिहरु नेपाल नफर्केसम्म डबिङ्ग कार्य सुचारु हुन नसक्ने भएकोले अन्य सम्पादनका कार्यमा पनि निकै अप्ठ्यारो परेको उनले बताए ।
निर्माता दिपक रमणको निर्माण एवं निर्माता आँफैको संगीत रहेको ‘मन परेपछि’मा प्रेमकथा,एक्सन साथै कमेडि पनि समावेश गरिएको छ । दिनेश डि.सि.को समेत अभिनय रहेको यसै चलचित्र
read more

Comments :

0 comments to “निखिल र रमितका कारण ‘मन परेपछि’को डबिङ्गमा ढिलाई”


Post a Comment