Powered by Blogger.

Blog Archive

Friday, June 25, 2010

केमेस्ट्री मिलेपछि

यतिबेला चलचित्रमा अर्को नयाँ जोडी जम्ने तयारीमा
छ । भर्खरै प्रदर्शन भएको चलचित्र 'हिफाजत' नायिका रेखा थापा र नायक आयुष रिजालको जोडी दर्शकले मन पराएपछि उनीहरूलाई लिएर चलचित्र निमार् ण गर्ने क्रम ह्वात्तै बढेको छ । 'दुवैको केमेस्ट्री असाध्यै मिलेको छ,' निर्देशक श्याम भट्टराईको तर्क छ — 'त्यसैले मेरो नयाँ चलचित्र 'च्यालेञ्ज' मा यो जोडीलाई प्रस्तुत गरेको छु ।' च्यालेन्जभन्दा अघि रेखा- आयुषले 'सडक' मा काम गरिसकेका छन् ।

नयाँ बाटोमा मनीषा

अन्ततः मनीषा कोइराला मनीषा दाहाल बनेकी छिन्। गएको शनिबार २ बजेर ४८ मिनेट जाँदा पण्डित रामचन्द्र घिमिरेले मौद्गल्य गोत्रकी मनीषालाई मन्त्रोच्चारणका साथ वत्स गोत्रमा सारेपछि उनी सदाका  लागि दाहाल बनेकी हुन्। मन्त्रोच्चारणका साथ पण्डित घिमिरेले मनीषा वत्स गोत्रमा परिवर्तन भएको जानकारी दिँदा जन्ती पक्षले ताली बजाएर स्वागत गरेका थिए। मुस्कुराउँदै मनीषाले पनि आफ्ना पति सम्राट  दाहाललाई हेरेकी थिइन्। विवाह समारोहमा ऐश्वर्य रायले विवाहपछि ऐश्वर्य राय वच्चनका रूपमा आफूलाई सार्वजनिक गरेको भन्दै दाहाल पक्षले मनीषालाई जिस्क्याएका थिए। शास्त्रअनुसार गोत्र सारेपछि  महिलाको थर स्थायी हुन्छ। मनीषाले कहिले विवाह गर्छिन् ? कहाँ गर्छिन् ? कोसँग गर्छिन् ? कसरी गर्छिन् ? एक दशकदेखि उठिरहेका यी सबै प्रश्नको उत्तर मनीषाले धुमधाम रूपमा दिइन्। एक साताअघि नै कोइराला परिवार र दाहाल  परिवारमा व्यस्तताको पारो उच्च तहमा पुगेको थियो। विवाहको कुरा छिन्दा सामान्य विवाह गर्ने, दाइजो केही पनि नलिने, घरमै पार्टी गर्ने तथा कुनै पनि सञ्चारमाध्यममा नदेखिने सम्राटको अडान समय बित्दै  जाँदा गल्दै गयो। अन्ततः मनीषाले सोल्टी होटलमा र सम्राटले एभरेस्ट होटलमा भव्य पार्टी दिए।read more..

यू ट्युबमा विपाशा टपलेस

साइबरस्पेसको तापक्रम हिजोआज निकै बढेको छ । कारण हो, बलिउड अभिनेत्री विपाशा बासुको यू ट्युबमार्फत सार्वजनिक भएको एउटा विज्ञापन । उक्त विज्ञापनमा अभिनेत्री विपाशा टपलेस अवस्थामा प्रस्तुत  भएकी छिन् । अन्तर्राष्ट्रिय बजारलाई ध्यानमा राखेर बनाइएको न्युयोर्क लोट्टोको उक्त विज्ञापन भारतीय स्ट्यान्डर्डअनुसार निकै हट र बोल्ड छ ।

Saturday, June 19, 2010

मनिषा सम्राटसंग विवाह बन्धनमा

काठमाण्डौ, २०६७ आषाढ ५, शनिवार

लामो समयको चर्चा परिचर्चा पछि वलिउड नायिका मनिषा कोइराला शनिबार महाराजगञ्जका सम्राट दाहालसंग विवाह बन्धनमा बाँधिएकी छन् । पञ्चेवाजासहित गोकर्णस्थित फरेस्ट रिसोर्ट पुगेका नवदुलाहाले मनिषाको सिउँदोमा सिन्दुर हालेपछि हिन्दू परम्परा अनुसार दुवै जना विवाह बन्धनमा बाँधिएका हुन् ।
पारिवारिक पुरेत रामचन्द्र घिमिरेले उनीहरूबीच मंगलवाचन गरी परम्परागत वैवाहिक विधि सम्पन्न गरेका थिए । सम्राटसहितको टोली तीन सयजनाभन्दा बढीसम्मिलित जन्ती लिएर नवदुलही मनीषालाई लिन थली गाविसस्थित गोकर्ण फरेस्ट रिसोर्ट रिसोर्ट पुगेको थियो ।
नवदुलाहा र दुलहीलाई आशिर्वाद दिन वलिउडका कलाकारहरुसमेत आएका छन् भने मुलुकका धेरै राजनीति व्यक्तिहरुकोसमेत उपस्थिति थियो । मनिषा पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाकी नातिनी हुन् । ३९ बषिर्या कोइराला भारतीय फिल्मी उद्योग बलिउडमा प्रख्याती कमाएका नेपाली कलाकारहरु हुन् । ३३ बषिर्य सम्राट भने व्यवसायी हुन् ।

मनिषा कोईराला आज बिबाह बन्धनमा बाँधिदै


१९ जुन २०१०
काठमाडौ

बलिउडकी नेपाली मूल की नयिकाको आज काठमाडौ स्थित गोकर्ण रिसोटमा बिबाह हुदै छ। करिब ३ सयको जन्ती सहित गोकर्ण रिसोर्टमा दुलहा सम्राट पुग्ने बुझिइको छ।बिवा

विवाह विवाहमा आएका सम्पूर्ण पाहुनालाई स्वागत गर्न २ सय जनाको कलाकार टोलीलाई प्रशिक्षण दिइएको छread more

Friday, June 18, 2010

कलाकारलाई बिश्वकपको नशा


                                  
फिल्मीखबर , काठमाण्डौ, २०६७ आषाढ ४, शुक्रवार

आफैंले निर्माण गर्न लागेको फिल्मको स्क्रिप्ट सेटिङमा बसेकी अभिनेत्री रेजिना उप्रेतीलाई बिहान उठ्न निकै अल्छी लाग्छ । 'धन्न अहिले सुटिङ छैन, सुटिङ भएको भए साह्रै गाह्रो हुने रैछ' रेजिनाले भनिन् । उत्तर कोरिया र ब्राजिलको गेम हेरेर 'इन्जोई' गरेकी रेजिना शनिबारदेखि कुनै पनि गेम नछुर्टाई हेर्ने विचारमा छिन् ।
नछुर्टाई गेम हेर्ने योजनालाई विद्युत् प्राधिकरणको लोडसेडिङ तालिकाले असर पारेको अनुभव गरेका छन्, निर्देशक सोभित बस्नेतले । उनी आग्रह गर्दै भन्छन्, 'कम्तीमा पनि विश्वकप फुटबल चलुन्जेल बत्तीको व्यवस्था भइदिए राम्रो हुने थियो । प्रत्येक दिनजसो राति २ बजेसम्म फुटबल हेर्ने गरेका निर्देशक बस्नेत बिहान ७ नबज्दै स्टुडियो पुग्ने गरेका छन् । 'राज, कन्यादान र चिनोको प्राविधिक काम भइरहेकाले न्रि्रा मारेरै काम गर्नुपरेको छ,' उनले भने ।
read more

Tuesday, June 15, 2010

'दिपशिखा' को गीत फिल्मीखबरबाट वर्ल्ड प्रिमियर

नरेश पौड्यालको निर्माण तथा निर्देशनमा बनेको चलचित्र 'दिपशिखा' को 'किन तिमीले यति धेरै मलाई माया गर्‍यौ...' बोलको गीत फिल्मीखबरबाट वर्ल्ड प्रिमियर गरिएको छ । नरेश पौड्यालको आफ्नै शब्द रहेको यस गीतमा चेतन सापकोटाको संगीत रहेको छ । यस गीतमा जीवन लुईटेल र अरूणिमा लम्सालले अभिनय गरेका छन् ।



त्रिकोणात्मक प्रेमकथामा आधारित यो चलचित्र साउनको २८ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ । नायिका अरूणिमा लम्सालको कथा रहेको यस चलचित्रमा जीवन लुईटेल, अरूणिमा लम्साल, निरज बराल, मुकुन्द थापा, राधा लम्साल, ममता प्रधान, बिष्णु सापकोटा र राजकुमार थापाको मुख्य अभिनय रहेको छ । चलचित्रमा सन् २००७ को ईन्डियन आईडलमा फस्ट रनरअप भएका गायक अमित पलले २ वटा गीत गाएका छन् ।read more

Monday, June 14, 2010

तामाङ चलचित्रको गुणस्तरीयता माथि बहस

तामाङ चलचित्र संघको दोस्रो वार्षिक उत्सवको अवसरमा राजधानीमा तामाङ चलचित्रका विषयमा बहस चल्यो । तामाङ नायक-नायिका र आदिवासी फिल्मकर्मीहरूको बाक्लो उपस्थितिमाझ सम्पन्न सो कार्यक्रममा तामाङ चलचित्रको गुणस्तरीयता माथि बहस गरिएको थियो।
‘तामाङ फिल्महरुको गुणात्मक विकास अझै हुन सकेको छैन’ कार्यक्रमका प्रमुख अतिथि युवराज लामाले भने- ‘तामाङ चलचित्रकर्मीले अब त्यतातिर ध्यान दिनुपर्छ।’ निर्देशक नवीन सुब्बाले मौलिक फिल्म एकदमै कम बनिरहेको टिप्पणी गरे । बहसमा मगर चलचित्रकर्मी संजोग लाफा, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष दीपेन्द्र राई, संगीतकर्मी चन्द्रकुमार दोङलगायतले मौलिक फिल्मतिर तामाङ चलचित्रकर्मी लाग्नुपर्ने औंल्याए ।


कार्यक्रममा नवीन सुब्बालाई तामाङ चलचित्र संघले मानार्थ सदस्यसमेत प्रदान गरेको थियो भने एघारौं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता सुनील लामालाई सम्मान गरिएको थियो ।

Sunday, June 13, 2010

मेरी बास्सै र भुईचालो द्दारा टेलिअवाड बहिस्कार

दर्शकले मन पराएको आफ्नो सिरियललाई पाँच उत्कृष्ट हास्यशृखलामध्येमा पनि मनोनयन नगरिएको भन्दै भन्दै पत्रकार सम्मेलन गरी टेलिशृङ्खला मेरी बास्सै कलाकार तथा निर्देशकद्धय केदार घिमिरे (माग्ने बुडा) र सिताराम कट्टेल (धुर्मुस) ले २०६७ बैशाख ३० गते टेलिचलचित्र कलाकर्मी मञ्चले मिडिया हवसँग मिलेर ३१ विधामा आयोजना गर्न लागेको टेलि अवार्ड २०६७ मेरी बास्सै युनिटले बहिस्कार गरेको घोषणा गरेका छन् ।
आफू मनोनयनमा नपरेकोमा आक्रोसित हुँदै मेरी बास्सैकी (सुन्तली) कुञ्जना घिमिरेले यो टेली अवार्ड होइन, झ्याली अवार्ड भएको कुरा भन्दै घोर आपत्ति जनाईन । उनले वास्तवमै हास्य कलाकार भनेर चिनिएको र हास्य कलाकारिता गरिरहेको मनोनयनमा नपारिएको आरोप लगाईन र यहीँबाटै अवार्ड निष्पक्ष नभएको यसै बिषयमा अनलाईनसंसारसँगको कुराकानीमा टेलिभिजन कलाकर्मी मन्चका अद्यक्ष कृष्ण ढुङगानाले यो निर्णय निर्णायकहरुले गरेको र READ MORE...

Saturday, June 12, 2010

चलचित्र विकास बोर्डद्वारा दिन लागीएको अवार्ड

अनिश्चिततातर्फ
जिवन पराजुली
२८,जेठ २०६७
चलचित्र विकास बोर्डले दिन लागेको राष्ट्रिय चलचित्र अवार्ड तथा सम्मान अर्को निर्णय नहुन्जेलसम्मका लागी स्थगन गरिएको छ । सरोकारवाला संघसंस्थाले विरोध जनाएपछि आँउदो असार १६ मा तय गरिएको अवार्ड तथा सम्मान अनिश्चित बनेको छ ।
बोर्ड एकपक्षीय ढंगबाट जान खोजेको आरोप लाउँदै चलचित्र निर्माता, निर्देशक तथा प्राविधिक संघले अवार्ड बहिष्कार गर्ने बताएपछि उक्त कार्यक्रम रोकिएको हो ।
आफुहरुलाई जानकारीनै नगराई बोर्डले एकपक्षिय निर्णय गरेकोमा अवार्डमा त्रुटि रहेको भन्दै त्यसलाई नसच्याएमा बहिष्कार गर्नेसम्मको चेतावनी दिएका थिए । २०६६ मा सेन्सर पास भएका नेपाली डिजिटल र सेल्युलाइड फिल्मलाई दर्ताका लागि जेठ २७ सम्मको म्याद दिईएको थियो ।
०६५ मा समेत सेन्सर पास भएकालाई यसपटक अवार्ड दिँदा बजेट पनि कम भएको कारण देखाउँदै ०६६ का चलचित्रलाई मात्र सहभागी गरेको हो ।
वोर्डका प्रसासन अधिकृत अनुपम निरौलाले विवादित कार्यक्रमको विषयमा निरन्तर छलफल चलिरहेको बताए । read more

Friday, June 11, 2010

nepali flim bish

शंकर घिमीरेले निर्माण तथा निर्देशन गरेको नेपाली चलचित्र बिष उपत्यकाको सफल प्रदर्शन पछि मंसिर २४ गते देखि पुर्बका दमक चित्र मन्दिर र शिब सिनेमा हल धरानमा प्रदर्शनमा आएको छ । प्रदर्शनको दोस्रो सातामा आईपुग्दा यस चलचित्रले राम्रै ब्यापार गरेको दमक चित्र मन्दिर दमकका संचालक कृष्ण भट्टराईले फिल्मीखबर डटकमलाई बताए ।

आफ्नो चलचित्रको प्रचार-प्रसार गर्न र पूर्वेली दर्शकको प्रतिक्रिया बुझ्न धरान र दमक आएका निर्माता निर्देशक शंकर घिमीरे तथा नायिका ऋचा घिमीरेले यस चलचित्रको ब्यबसायले आफुहरु अझ उत्साहित भएको बताएका छन् । 'नयां कथा बस्तु र फरक धारको चलचित्र भएका कारण प्रदर्शनको सुरुमा मनमा डर लगिरहेको थियो तर दर्शकले मन पराईदिनु भयो धेरै खुसि लागेको छ', भर्खरै बिवाह बन्धनमा बाँधिएका यी जोडिले बताए । चलचित्रमा ऋचा घिमीरेको साथमा निखिल उप्रेति, राजेश हमाल, शुसिल क्षेत्री, संचिता लुईंटेल, रेजिना उप्रेति लगायतका कलाकारको अभिनय रहेको छ भने चलचित्रमा दिनेस सुनाम र शुरेश अधिकारिको संगित रहेको छ ।

Thursday, June 10, 2010

काजीमान राजेश

काजीमान राजेश
जिवन पराजुली
२७,जेठ २०६७
एउटा राजेश महानायक बनिसकेपछि फेरि अर्का राजेशको नेपाली चलचित्रमा प्रवेश भएको छ । सुमधुर स्वरका धनि राजेश पायल राई महागायक भनिसकेपछि अब अभिनेता पनि बन्ने भएका हुन् । पछिल्लो समयमा चलचित्रमोहले ह्वात्तै तानिएका राजेश गाएकिसँगसगै चलचित्रमा व्यस्त हुन थालेका छन् ।

नेपाली सांगीतिक बजारमा आफ्नो उच्च स्थान बनाईसकेका राई अब चलचित्रमा पनि प्रतिष्पर्धामा जुटेका छन् । आफ्नो गीतको भिडियोमा त अभिनय गर्दै आएका थिए तर, अचेल उनको अभिनय फिल्ममा समेत देखिने भएको छ । 'जी माला' नामक फिल्ममा अभिनय गरिरहेका राजेश इन्ट्रडक्सन सिनको तयारी गरिरहेका छन् । 'काजिमान'को भुमिकामा रहेका राजेश खलनायक बनेका हुन् ।
'परेनी माया जालैमा', 'दैव संजोग', उदय सुव्वाले निर्माण गरेको चलचित्र 'गुण्डाराज', प्रदिप श्रेष्ठको 'कवच' आदि चलचित्रहरुमा राजेश पायल राईले ‘माला जी’भन्दा अघिनै अभिनय गरिसकेका छन् ।

Wednesday, June 9, 2010

फिल्मीखबर , काठमाण्डौ, २०६७ ज्येष्ठ २६, बुधवार

नेपाली चलचित्र क्षेत्रका सुप्रसिद्व अभिनेता राजेश हमालले आज आफ्नो जन्मदिन मनाए । काठमाण्डौको जोरपाटी स्थित खगेन्द्र नवजीवन केन्द्रमा आफ्नी धर्म बहिनी मैना सुचिकार, अनाथ र अपाङहरूको माझमा उनले आफ्नो जन्मदिन मनाएका हुन् ।
२० बर्षको अभिनय यात्रामा १०० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका अभिनेता हमालले आफ्नो उमेर भने भन्न चाहेनन् । चलचित्रका अधिकांश नायक नायिकाहरू ठूला ठूला होटलहरूमा तामझामका साथ आफ्नो जन्मदिन मनाउन रूचाउछन् तर अभिनेता हमालले भने बिगत १२ बर्ष देखि सोही केन्द्रमा नै आफ्नो जन्मदिन मनाउँदै आएका छन् ।
आजकै दिन जेष्ठ २६ गतेबाट फिल्मीखबर पनि २ बर्षमा प्रवेश गरेको छ भने फिल्मीखबरका प्रधान सम्पादक सुमन गैरेको पनि जन्मदिन आजै परेको छ । अभिनेता हमाल र फिल्मीखबरका प्रधान सम्पादक सुमन गैरेको जन्मदिनको अवसरमा फिल्मीखबर डटकम परिवार उहाँहरू प्रति शुभकामना व्यक्त गर्दछ ।

Tuesday, June 8, 2010

जयकिशन बस्नेतको निर्माण

जयकिशन बस्नेतको निर्माण तथा सोभित बस्नेतको निर्देशन रहेको चलचित्र 'धुम’ मोफसलको सफल प्रदर्शन पश्चात कार्तिक २० गते शुक्रबारबाट राजधानीमा प्रदर्शन भएको छ । हांस्य प्रधान चलचित्र 'धुम’ मा विराज भट्ट, निर्माता जयकिशन बस्नेत, रमित ढुङ्गाना, सुरज आर.डि., अर्जुन कार्की, रेजिना उप्रेती, सञ्जिता गुरुङ्ग, नरेश पौडेल, राजेश ढुङ्गाना, जेनी कुँवर र निर्देशकसोभित बस्नेतको मुख्य भुमिका रहेको छ । गाउँले जिवनसँग सहरिया जीवनको पराजय भएको कुरा देखाउन खोजिएको यस चलचित्रमा नायक रमीत ढुङ्गानालाई पागलप्रेमीको रुपमा प्रस्तुत गरिएको छ भने नायीका रेजिना उप्रेती र सञ्जिता गुरुङ्ग शहरिया केटिको भुमिकामा प्रस्तुत भएका छन् । यता चलचित्रका निर्माता जयकिशन बस्नेत हाँस्य पात्रको रूपमा देखिएका छन् भने अर्जुन कार्की र सोभित बस्नेतलाई खलनायकको रुपमा देखाईएको छ ।

Monday, June 7, 2010

प्रमोदको अर्को पहिचान

गायक प्रमोद खरेल यतिखेर पाश्र्वगायनमा पनि उत्तिकै चम्किएका छन् । पछिल्ला दिनमा उनले एक दर्जन नेपाली चलचित्रमा आफ्नो स्वर दिइसकेका छन् । हाइपिचका गीत गाउन सक्ने प्रमोदको स्वर भर्सटाइल भएकाले पनि उनी पाश्र्वगायनमा जमेका हुन् । आधुनिक गीतिसंग्रह लिएर सांगीतिक क्षेत्रमा आएका प्रमो दको दोस्रो गीतिसंग्रह पप संग्रह थियो । यतिखेर महत्वाकांक्षी गजल गीतिसंग्रह लिएर स्रोतामाझ आउने तयारी गरिरहेका प्रमोद उक्त गीतिसंग्रहको नाम जुर्न नसकेको बताउँछन् ।'अब गजल प्रयोग गर्दै छु, हेरौं दर्शक-श्रोताले यसलाई कसरी लिनुहुन्छ,' सुर्दशन थापाले निर्देशन गर्ने मेरो लभ स्टोरीका संगीतकार प्रमोदका अनुसार उनले हिफाजत, सम्झना, दाग, र्फज, फ्लासब्याक, विष, आफ्नो मान्छे आफ्नै हुन्छ आदि चलचित्रमा स्वर दिएका छन् । प्रमोदको अर्को परिचय उनी लेक्चरर पनि हुन् । जेभियर इन्टरनेसनल कलेजका केमेस्ट्री टिचर प्रमोदको यो परिचय भने अहिलेसम्म बाहिर आएको छैन् ।

नेपालमा थाई फिल्म

जिवन पराजुली
२४, जेठ २०६७

नेपाल र थाईल्याण्डको मैत्रि सम्बन्ध स्थापनाको ५० बर्ष पुगेको अवसरमा सोमवारवाट राजधानिमा 'थाई सर्ट फिल्म फेस्टिभल २०१०' सुरु भएको छ । १ देखि ३० मिनेट सम्मका १४ वटा फिल्महरु समावेश गरिएको यो महोत्सवलाई ईन्डिपेन्डेन्ट फिल्म सोसाईटी र थाई दुतावासद्वारा संयुक्त रुपमा आयोजना गरिएको हो
महोत्सवको पहिलो दिन 'विड्स अफ डिजाएर','एनोदर विगनिङ्ग',ईन विट विन अस्','फ्रम शान्तिपफ टु शान्तिपफ','बर्फिङ्ग प्याराडाईज्ड्',दि स्ट्रिट अफ वर्डस्', आदि फिल्मको प्रदर्शन भयो भने दोश्रो दिन अर्थात मंगलवार 'द हेभेन्','टाकेसि','ब्याङ्किएन','फ्रेस एयर फ्रम दि हिल','नोरासेट वाईसायाकुल','लिभिङ्ग विथ स्लो' र 'नोईज् फ्रम दि साईलेन्ट हिल'को प्रदर्शन हुनेछ । read more

परिबर्तनशील समाज:मैले कति जनासँग गरे(सङगत) मैले गन्ती भुलिसके:स्मिता थापा

  • पुरुष आफ्नो स्तन हेरेर लोभिने गरेको
  • अबिवाहित भए पनि उनले अनेकौ पुरुषसँग यौन सम्पर्क राखिसकेको,पाको मानिस अनुभबी
  • कति पुरुषसँग सङगत गरियो आफुले गन्ती नै भुलेको
  • उनका अनुसार उनी महिनाको ४-५ लाख खर्च गर्न सक्छिन र चाडै करोडौ रुपया लगाएर एउटा बिजनेस सुरु गर्दै
  • १६ बर्षमा पहिलो चोटि Oral sex,१७ बर्ष हुदा ३१ बर्षको पुरुषसँग सम्पर्क,४० बर्षको पाको सँग कारमा , सञ्चारकर्मीसँग प्रेम र सम्बन्ध!read more

Sunday, June 6, 2010

बर्षौंपछि ‘राजु’ पोखरामा

बर्षौंपछि ‘राजु’ पोखरामा
मंगोलियन हर्टका राजु लामा आफ्नो एकल गायनका लागि शनिबार संगीतपारखीमाझ आठ वर्षपछि दोस्रो पटक पोखरामा देखिए । स्टेसन द फुड क्लब एन्ड ससेस् पार्कको निमन्तर्णामा एकल गायन प्रस्तुत गर्न लामा पोखरा पुगेका थिए । ब्यापक प्रचार-प्रसार र विभिन्न संचार माध्यमहरुबाट केहि दिन अगाडि नृ राजु आउने चाल पाईसकेका पोखरेली दर्शकहरु धेरै बर्षको अन्तरालपछि कन्सर्टमा भेट्न पाउँदा निकै खुशि मुद्रामा देखिन्थे ।
read more

मह जोडीले बल्ल सक्कली पदक पाए

मह जोडीले बल्ल सक्कली पदक पाए
जिवन पराजुली
२३, जेठ,२०६७
जनआन्दोलन २०६२-६३को मर्म विपरित भएको भन्दै सरकारले दिएको पदक मिल्काएका मह अर्थात हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले शनिवार वास्तविक पदक बल्ल पाएको बताएका छन् । पोखराको स्थानिय एफ्.एम. माछापुच्छ्रे एफ.एम. ९१ मेगाहर्जले आफ्नो दशौँ बार्षिकोत्सवको अवसर पारेर राखिएको १० बर्ष १० कार्यक्रम अन्तर्गत एक सय आठ पिपलका विरुवा रोप्ने कार्यक्रम उद्दघाटन गर्न पुगेका मह जोडिले उक्त कुरा बताएका हुन् । सेतितटस्थित रातोपानी बगरमा निर्माण गरिएको चौतारीको नाम ‘महचौतारी’ दिईएको छ । स्थानिय सन्तोष आत्रयले उक्त चौतारी निर्माण गरेका हुन् ।
read more

Thursday, June 3, 2010

बन्ने भयो 'प्रितिको फूल'


बन्ने भयो 'प्रितिको फूल'
 गोपीकृष्ण मुभिजको ब्यानरमा बनेको नेपाली कथानक चलचित्र 'फ्ल्यास् ब्याक'को प्रदर्शन नहुँदै उक्त ब्यानरमा अर्को चलचित्र बन्ने भएको छ । रेशराज आचार्यले निर्देशन गर्ने उक्त चलचित्रको नाम हो - 'प्रितिको फूल' ।
 डा.भोला रिजाल र दयाराम पाण्डेका शब्द तथा ताराप्रकाश लिम्बुको संगीतमा गत सोमबारदेखि गीत रेकर्डिङ्ग सुरु गरिएको यस चलचित्रमा उद्दव पौडेलको प्रस्तुति रहनेछ भने निरक पौडेल,निरज पौडेल र निकिता पौडेल निर्माताहरु हुन् ।
 छिट्टै छायांकन कार्य सुरु हुने भनिएको 'प्रितिको फूल'का लागी कलाकार भने अझै सम्म पनि अनुबन्धित गरिएको छैन् ।

Wednesday, June 2, 2010

मकवानपुर छायांकनको तारो

मकवानपुर छायांकनको तारो
मणीराज गौतम
१९,जेठ,२०६७
प्राकृतिक सौन्दर्यता र ऐतिहासिक धरोहरको धनी मानिने मकवानपुर जिल्ला नेपाली चलचित्र क्षेत्रको लागी छायांकन स्थलको राम्रो गन्तव्य बनेको छ । यहाँका हराभरा जगंलहोस् या मानव निर्मित पर्यटकीय स्थल होस् चलचित्रका कथाले यस्ता दृश्यलाई तानिसकेको छ । बिशेषगरी चलचित्रका निर्देशकहरु चलचित्र छायांकनको लागी राम्रो दृष्य खोज्दै हिँडछन् ।

कहिं कतै आँखाले राम्रो देख्यो भने त्यही स्थललाई क्यामरामा कैद गरिहाल्छन् । यसो त मकवानपुर जिल्लामा बि.स २०५२ सालमा सजंयबाबु ढकालले चलचित्र सिन्दुरपोतेको छायांकन पछि यो जिल्ला निर्माता निर्देशकको आँखामा पर्न थालेको हो । ढकालले चलचित्रमा मकवानपुरको गौरीटार सल्लाघारी,नवलपुरको स्मारक लगायत बिभिन्न स्थानमा छायांकन गरेका थिए । हालसम्म मक
अन्य जिल्लामा जस्तो स्थानीय निकायले चलचित्र पत्रकार संघसंगको सहकार्यमा निश्चित कार्ययोजना बनाउने हो भने यहाँका पर्यटकीय स्थलहरुले राष्ट्रियस्तरमा महत्व पाउने निश्चित छ
��ानपुरमा एकदर्जन भन्दाबढी सिनेमाको छायांकन भईसकेका छन् भने सानो पर्दाका पनि थुप्रै चलचित्रहरु छायांकन भइसकेका छन् । प्रथम पटक सिन्दुरपोतेबाट चलचित्रमा हेर्न पाइएको मकवानपुर जिल्ला हेर्न पाईने मन, राजकुमार, भाग्य, बसन्तऋतु, माया त माया हो, पछ्यौरी, हिफाजत, साथी रे, मनमनै मन पराएँ, सिन्दुर, विरताको चिनो, कन्यादान, कर्णवीर, बाटो मुनीको फूललगायतका सिनेमा हाम्रो सम्झनामा रहेका छन् ।
२०५२ सालताका सञ्जयबाबु ढकालले सिन्दुरपोते चलचित्रलाई हेटौंडाकै केही कलाकार र संगीतकार लक्ष्मण शेषलाई लिएर निर्माण गरेका थिए भने यो चलचित्रलाई राजुध्वज राणाले निर्देशन गरेका थिए । read more

हिफाजतको ५१ दिन, छवि ओझाको २० बर्ष

हिफाजतको ५१ दिन, छवि ओझाको २० बर्ष
जिवन पराजुली
जेठ १९,२०६७
आजभन्दा ठक २० बर्ष अघि नेपाली चलचित्र निर्माणमा होमिएका निर्माता छवि ओझाले आजकै दिन अर्थात २०४७ जेठ १९ गतेदेखि महानायक राजेश हमाल द्वारा पहिलोपटक अभिनित चलचित्र ‘युगदेखि युगसम्म’ को छायांकन प्रारम्भ गरेका थिए भने उनै छवि ओझाद्वारा निर्मित पछिल्लो समयमा चर्चामा रहेको चलचित्र ‘हिफाजत’ले आज प्रदर्शनको ५१औँ दिन मनायो ।
read more

Tuesday, June 1, 2010

“साहसी” को हङकङमा प्रथम प्रदर्शन हुने

“साहसी” को हङकङमा प्रथम प्रदर्शन हुने
१८,जेठ,२०६७
मुनाल फिल्म प्रा.लि. र विन्दवासिनी चलचित्र मन्दिर पोखराको प्रस्तुती रहेको नेपाली कथानक चलचित्र “साहासी” को प्रथम प्रदर्शन 27 June, 2010, æYaumatei Community CentreÆ मा प्रिमियर सो हुने जानकारी सहासी चलचित्रका निर्माता झम ब. गुरुङले हङकङबाट जनाउनु भएको छ । “नेपाल भ्रमण बर्ष २०११ लाई सफल पारौं, नेपाली चलचित्रलाई माया गरौं” भन्ने मुल नाराका साथ “साहसी” चलचित्रको प्रदर्शन प्रारम्भ हुने भएको छ । खासगरी नेपाली चलचित्र “साहसी” नेपालकै उत्कृष्ट गन्तव्यहरुमा छायांकन गरिएको हुनाले दृष्य प्रधान बनेको निर्देशक बासुदेव पोख्ररेल बताउनु हुन्छ ।read more

मह जोडीद्वारा सम्मान अस्विकार

मह जोडिद्वारा सम्मान अस्विकार
जिवन पराजुली
जेष्ठ १८, २०६७
हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आइतबार एक विज्ञप्ति जारी गरी सरकारद्वारा प्रदान गरिएको विभूषण अस्वीकार गरेका छन् । जनआन्दोलन २०६२/६३ लाई अपमान हुने गरी विभूषण प्रदान गरिएको भन्दै राज्यका तर्फबाट दिइएको सम्मान उनिहरुले अस्वीकार गरेका हुन्।
त्यस्तै सम्मान अस्विकार गर्नेमा पत्रकारद्वय युवराज घिमिरे, कनकमणि दीक्षित र पूर्वनिर्वाचन आयुक्त वीरेन्द्रकुमार मिश्र, पूर्वसभामुख दमननाथ ढुंगाना, मानव अधिकारकर्मीद्वय पद्मरत्न तुलाधर र सुबोधराज प्याकुरेल तथा डा. भरत प्रधान पनि रहेका छन् ।read more

nepali movies

hindi movies

nepali songs