Powered by Blogger.

Blog Archive

Monday, June 7, 2010

प्रमोदको अर्को पहिचान

गायक प्रमोद खरेल यतिखेर पाश्र्वगायनमा पनि उत्तिकै चम्किएका छन् । पछिल्ला दिनमा उनले एक दर्जन नेपाली चलचित्रमा आफ्नो स्वर दिइसकेका छन् । हाइपिचका गीत गाउन सक्ने प्रमोदको स्वर भर्सटाइल भएकाले पनि उनी पाश्र्वगायनमा जमेका हुन् । आधुनिक गीतिसंग्रह लिएर सांगीतिक क्षेत्रमा आएका प्रमो दको दोस्रो गीतिसंग्रह पप संग्रह थियो । यतिखेर महत्वाकांक्षी गजल गीतिसंग्रह लिएर स्रोतामाझ आउने तयारी गरिरहेका प्रमोद उक्त गीतिसंग्रहको नाम जुर्न नसकेको बताउँछन् ।'अब गजल प्रयोग गर्दै छु, हेरौं दर्शक-श्रोताले यसलाई कसरी लिनुहुन्छ,' सुर्दशन थापाले निर्देशन गर्ने मेरो लभ स्टोरीका संगीतकार प्रमोदका अनुसार उनले हिफाजत, सम्झना, दाग, र्फज, फ्लासब्याक, विष, आफ्नो मान्छे आफ्नै हुन्छ आदि चलचित्रमा स्वर दिएका छन् । प्रमोदको अर्को परिचय उनी लेक्चरर पनि हुन् । जेभियर इन्टरनेसनल कलेजका केमेस्ट्री टिचर प्रमोदको यो परिचय भने अहिलेसम्म बाहिर आएको छैन् ।

Comments :

0 comments to “प्रमोदको अर्को पहिचान”


Post a Comment