Powered by Blogger.

Blog Archive

Friday, June 25, 2010

नयाँ बाटोमा मनीषा

अन्ततः मनीषा कोइराला मनीषा दाहाल बनेकी छिन्। गएको शनिबार २ बजेर ४८ मिनेट जाँदा पण्डित रामचन्द्र घिमिरेले मौद्गल्य गोत्रकी मनीषालाई मन्त्रोच्चारणका साथ वत्स गोत्रमा सारेपछि उनी सदाका  लागि दाहाल बनेकी हुन्। मन्त्रोच्चारणका साथ पण्डित घिमिरेले मनीषा वत्स गोत्रमा परिवर्तन भएको जानकारी दिँदा जन्ती पक्षले ताली बजाएर स्वागत गरेका थिए। मुस्कुराउँदै मनीषाले पनि आफ्ना पति सम्राट  दाहाललाई हेरेकी थिइन्। विवाह समारोहमा ऐश्वर्य रायले विवाहपछि ऐश्वर्य राय वच्चनका रूपमा आफूलाई सार्वजनिक गरेको भन्दै दाहाल पक्षले मनीषालाई जिस्क्याएका थिए। शास्त्रअनुसार गोत्र सारेपछि  महिलाको थर स्थायी हुन्छ। मनीषाले कहिले विवाह गर्छिन् ? कहाँ गर्छिन् ? कोसँग गर्छिन् ? कसरी गर्छिन् ? एक दशकदेखि उठिरहेका यी सबै प्रश्नको उत्तर मनीषाले धुमधाम रूपमा दिइन्। एक साताअघि नै कोइराला परिवार र दाहाल  परिवारमा व्यस्तताको पारो उच्च तहमा पुगेको थियो। विवाहको कुरा छिन्दा सामान्य विवाह गर्ने, दाइजो केही पनि नलिने, घरमै पार्टी गर्ने तथा कुनै पनि सञ्चारमाध्यममा नदेखिने सम्राटको अडान समय बित्दै  जाँदा गल्दै गयो। अन्ततः मनीषाले सोल्टी होटलमा र सम्राटले एभरेस्ट होटलमा भव्य पार्टी दिए।read more..

Comments :

0 comments to “नयाँ बाटोमा मनीषा”


Post a Comment