Powered by Blogger.

Blog Archive

Friday, June 11, 2010

nepali flim bish

शंकर घिमीरेले निर्माण तथा निर्देशन गरेको नेपाली चलचित्र बिष उपत्यकाको सफल प्रदर्शन पछि मंसिर २४ गते देखि पुर्बका दमक चित्र मन्दिर र शिब सिनेमा हल धरानमा प्रदर्शनमा आएको छ । प्रदर्शनको दोस्रो सातामा आईपुग्दा यस चलचित्रले राम्रै ब्यापार गरेको दमक चित्र मन्दिर दमकका संचालक कृष्ण भट्टराईले फिल्मीखबर डटकमलाई बताए ।

आफ्नो चलचित्रको प्रचार-प्रसार गर्न र पूर्वेली दर्शकको प्रतिक्रिया बुझ्न धरान र दमक आएका निर्माता निर्देशक शंकर घिमीरे तथा नायिका ऋचा घिमीरेले यस चलचित्रको ब्यबसायले आफुहरु अझ उत्साहित भएको बताएका छन् । 'नयां कथा बस्तु र फरक धारको चलचित्र भएका कारण प्रदर्शनको सुरुमा मनमा डर लगिरहेको थियो तर दर्शकले मन पराईदिनु भयो धेरै खुसि लागेको छ', भर्खरै बिवाह बन्धनमा बाँधिएका यी जोडिले बताए । चलचित्रमा ऋचा घिमीरेको साथमा निखिल उप्रेति, राजेश हमाल, शुसिल क्षेत्री, संचिता लुईंटेल, रेजिना उप्रेति लगायतका कलाकारको अभिनय रहेको छ भने चलचित्रमा दिनेस सुनाम र शुरेश अधिकारिको संगित रहेको छ ।

Comments :

0 comments to “nepali flim bish”


Post a Comment