Powered by Blogger.

Blog Archive

Wednesday, June 2, 2010

मकवानपुर छायांकनको तारो

मकवानपुर छायांकनको तारो
मणीराज गौतम
१९,जेठ,२०६७
प्राकृतिक सौन्दर्यता र ऐतिहासिक धरोहरको धनी मानिने मकवानपुर जिल्ला नेपाली चलचित्र क्षेत्रको लागी छायांकन स्थलको राम्रो गन्तव्य बनेको छ । यहाँका हराभरा जगंलहोस् या मानव निर्मित पर्यटकीय स्थल होस् चलचित्रका कथाले यस्ता दृश्यलाई तानिसकेको छ । बिशेषगरी चलचित्रका निर्देशकहरु चलचित्र छायांकनको लागी राम्रो दृष्य खोज्दै हिँडछन् ।

कहिं कतै आँखाले राम्रो देख्यो भने त्यही स्थललाई क्यामरामा कैद गरिहाल्छन् । यसो त मकवानपुर जिल्लामा बि.स २०५२ सालमा सजंयबाबु ढकालले चलचित्र सिन्दुरपोतेको छायांकन पछि यो जिल्ला निर्माता निर्देशकको आँखामा पर्न थालेको हो । ढकालले चलचित्रमा मकवानपुरको गौरीटार सल्लाघारी,नवलपुरको स्मारक लगायत बिभिन्न स्थानमा छायांकन गरेका थिए । हालसम्म मक
अन्य जिल्लामा जस्तो स्थानीय निकायले चलचित्र पत्रकार संघसंगको सहकार्यमा निश्चित कार्ययोजना बनाउने हो भने यहाँका पर्यटकीय स्थलहरुले राष्ट्रियस्तरमा महत्व पाउने निश्चित छ
��ानपुरमा एकदर्जन भन्दाबढी सिनेमाको छायांकन भईसकेका छन् भने सानो पर्दाका पनि थुप्रै चलचित्रहरु छायांकन भइसकेका छन् । प्रथम पटक सिन्दुरपोतेबाट चलचित्रमा हेर्न पाइएको मकवानपुर जिल्ला हेर्न पाईने मन, राजकुमार, भाग्य, बसन्तऋतु, माया त माया हो, पछ्यौरी, हिफाजत, साथी रे, मनमनै मन पराएँ, सिन्दुर, विरताको चिनो, कन्यादान, कर्णवीर, बाटो मुनीको फूललगायतका सिनेमा हाम्रो सम्झनामा रहेका छन् ।
२०५२ सालताका सञ्जयबाबु ढकालले सिन्दुरपोते चलचित्रलाई हेटौंडाकै केही कलाकार र संगीतकार लक्ष्मण शेषलाई लिएर निर्माण गरेका थिए भने यो चलचित्रलाई राजुध्वज राणाले निर्देशन गरेका थिए । read more

Comments :

0 comments to “मकवानपुर छायांकनको तारो”


Post a Comment