Powered by Blogger.

Blog Archive

Saturday, June 19, 2010

मनिषा सम्राटसंग विवाह बन्धनमा

काठमाण्डौ, २०६७ आषाढ ५, शनिवार

लामो समयको चर्चा परिचर्चा पछि वलिउड नायिका मनिषा कोइराला शनिबार महाराजगञ्जका सम्राट दाहालसंग विवाह बन्धनमा बाँधिएकी छन् । पञ्चेवाजासहित गोकर्णस्थित फरेस्ट रिसोर्ट पुगेका नवदुलाहाले मनिषाको सिउँदोमा सिन्दुर हालेपछि हिन्दू परम्परा अनुसार दुवै जना विवाह बन्धनमा बाँधिएका हुन् ।
पारिवारिक पुरेत रामचन्द्र घिमिरेले उनीहरूबीच मंगलवाचन गरी परम्परागत वैवाहिक विधि सम्पन्न गरेका थिए । सम्राटसहितको टोली तीन सयजनाभन्दा बढीसम्मिलित जन्ती लिएर नवदुलही मनीषालाई लिन थली गाविसस्थित गोकर्ण फरेस्ट रिसोर्ट रिसोर्ट पुगेको थियो ।
नवदुलाहा र दुलहीलाई आशिर्वाद दिन वलिउडका कलाकारहरुसमेत आएका छन् भने मुलुकका धेरै राजनीति व्यक्तिहरुकोसमेत उपस्थिति थियो । मनिषा पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाकी नातिनी हुन् । ३९ बषिर्या कोइराला भारतीय फिल्मी उद्योग बलिउडमा प्रख्याती कमाएका नेपाली कलाकारहरु हुन् । ३३ बषिर्य सम्राट भने व्यवसायी हुन् ।

Comments :

0 comments to “मनिषा सम्राटसंग विवाह बन्धनमा”


Post a Comment